काठमाडौं : नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् ।
प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतान्तरले हराउँदै ढुंगेल अध्यक्ष निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेलले ६९६ मत पाउँदा दाहालले ४३९ मत ल्याए ।
सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार अपराह्नदेखि विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । बेलुकी अबेर सम्पन्न निर्वाचनमा एक हजार १३५ मत खसेको थियो ।
उपाध्यक्षमा दावा दोर्जे लामा विजयी भएका छन्। यसैगरी सचिवमा नवराज सिलवाल एक मतान्तरले विजयी भए । उनी ५६८ मतले विजयी हुँदा हस्त पण्डितले ५६७ मत ल्याए ।
यस्तै खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्तकुमारी लामा विजयी भएका छन् ।
