कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

धनगढी : कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार टीकापुर नगरपालिका-९ मोहना नदी किनारमा जमेको पानीमा भजनीका एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन् । भजनी नगरपालिका-१ गोदामका १९ वर्षीय बोहरा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

त्यस्तै डोटीका घनश्याम बम कैलालीको धनगढीमा मृत अवस्थामा फेला परेका छन् ।

बोगटान फुडसिल गाउँपालिका-७ घर भई हाल धनगढी उपमहानगरपालिका-६ जाली बस्ने ४० वर्षीय बम मृत अवस्थामा फेला परेका हुन् । बेहोस अवस्थामा फेला परेका घनश्यामको निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको बताईएको छ ।

Nabadurga Sunchadi
Loading...