कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा कैलालीको गौरीगंगा घर भएका एक जना मृत अवस्थामा फेला परेका छन् ।
गौरीगंगा नगरपालिका-१ का ६२ वर्षीया सब्रा चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका-७ परासनस्थित नारायण रानाको उखुबारीमा मृत अवस्थामा फेला परेका हुन् ।
पुनर्वास नगरपालिका-९ ख गाउँ बस्दै आएका चौधरी रानाको उखुबारीमा तीन वर्षदेखि चौकीदारीको काम गर्दै आएका थिए ।
चौधरी मृत अवस्थामा फेला परेपछि यस विषयमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट अनुसन्धान भइरहेको बताईएको छ ।
