कैलालीको गोदावरी-६ लालपुर बजारमा आगलागी 

अत्तरिया : कैलालीको लालपुर बजारमा आगलागी भएको छ । गोदावरी नगरपालिका-६ लालपुर बजारमा आज दिउँसो आगलागी भएको हो ।

चौराह नजिकै रहेको एउटा सटरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए ।

डिएसपी थापाका अनुसार एक सटर पुर्णरुपमा जलेर नष्ट भएको र अन्य दुई सटरमा पनि आगलागी फैलिएको छ । गोदावरी नगरपालिकाको दमकल, प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएका छन् ।

अहिले धनगढी उपमहानगरपालिकाको दमकल पनि पुगेको छ । घटनाको बारेमा विस्तृत जानकारी र क्षतिको विवरण भने आउन बाँकि रहेको छ ।

Nabadurga Sunchadi
Loading...