सुदूरपश्चिममा विकासको ढोका खुलेको छ : परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिममा विकासको ढोका खुलेको बताएका छन ।

सोमबार राजधानीमा सुदूरपश्चिम पत्रकार समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री साउँदले सुदूरपश्चिममा प्रयाप्त सम्भावना र अवसर रहेकाले सोही आधारमा विकासको ढोका खुलेको बताए ।

उनले कुनै समय सुदूरपश्चिम केन्द्रसँग सम्पर्क विच्छेद भएको अवस्थामा रहेको तर, अहिले विकासको ढोका खुलेको बताए ।

अहिलेको बजेट प्रणालीका कारण नयाँ ठाउँमा पूर्वाधारको विकास गर्न बजेटको अभाव रहेको बताउँदै उनले विकास निर्माणको प्रकृया अगाडि बढाउने कुरामा सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

बाहिर एनजीओ आईएनजीओले प्रचार गरेजस्तो विकृतिमात्र नभई थुप्रै सम्भावना र अवसर बोकेको उनको भनाई छ ।

‘सुदूरपश्चिममा एनजीओ जान मान्दैनन। ६० प्रतिशत एनजीओ जति रूल नियम बनाएपनि बागमतीको दायरभन्दा बाहिर जान सकेका छैनन’ उनले भने । मन्त्री साउदले पत्रकारहरूले समेत प्रखर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय खोल्न विधेयक अघि बढिसकेको छ । डडेल्धुरामा मेडिकल कलेज खोल्ने कुरा अघि बढिरहेको छ ।

उर्जाको क्षेत्रमा समेत धेरै कार्य अघि बढिसकेको छ । यसले सुदूरपश्चिमको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ’ मन्त्री साउदले भने ।

Dhangadhi 2081
Loading...