कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

धनगढी : सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-५ का १२ वर्षिय तेज कुँवरको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

घरको आगँनमा बाँया खुट्टामा सर्पले टोक्दा उपचारका लागि सेती प्रादेशिक अस्पताल पु-याईएका उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गर्मी मौषम सुरु भएसँगै तराईमा सर्पको विगविगी हुने गर्दछ ।

Nabadurga Sunchadi
Loading...