अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीको नयाँ नेतृत्व चयनको लागि आज निर्बाचन हुने भएको छ । बुधबार सम्पन्न बन्द सत्रमा हालको कमिटीले सांगठनिक र आर्थिक प्रतिबेदन पेश गरेको थियो ।
अध्यक्ष मण्डलका सदस्य एबम प्रदेश कमिटी सदस्य खम्ब बुढाले आज पार्टी कार्यालय बनखेतमा बिहान देखि निर्बाचनका कार्यक्रमहरु हुने बताए । नयाँ नेतृत्वको लागि हालका कार्यबाहक अध्यक्ष सन्तोष सिंह र पुर्ब जिल्ला कमिटी सदस्य हरि फुलारा प्यानल सहित निर्बाचनमा जाने सम्भावना रहेको छ ।
सिंह अध्यक्ष रहने प्यानलको उपाध्यक्षमा कृत बहादुर चन्द रहेका छन् भने फुलारा प्यानलको उपाध्यक्षमा अमरराज पाठकको चर्चा रहेको छ । सचिवमा सन्तोष प्यानलबाट भिम बहादुर साउँद र फुलारा प्यानलबाट बिक्रम बिष्टको चर्चा रहेको छ ।
उम्मेदवारहरुको नाम भने दुबै प्यानलले सार्बजनिक गरेका छैनन् । अधिवेशनको मंगलबार एमाले सचिब लेखराज भट्टले उद्घाटन गरेका थिए।
