एमाले गोदावरीको अध्यक्षमा फुलारा र सिंह बिच प्रतिष्पर्धा‌, ७० सिटका लागि १०५ जनाको उम्मेदवारी 

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगरकमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ । ७० सिटका लागि १०५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नगरको नेतृत्वको लागि हालका कार्यबाहक अध्यक्ष सन्तोष सिँह र पुर्ब जिल्ला कमिटी सदस्य हरी प्रसाद फुलारा प्यानल सहित निर्बाचनमा होमिएका छन् ।

फुलारा प्यानलको उपाध्यक्ष पदमा अमरराज पाठकले उम्मेदवारी दिएका छन भने सिंह प्यानलको उपाध्यक्ष पदमा कृत बहादुर चन्दले उम्मेदवारी दिएका छन् ‌र गौरे भट्टले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । फुलारा प्यानलबाट सचिब पदमा बिक्रम बिष्टले उम्मेदवारी दिएका छन भने सिंह प्यानलबाट भिम बहादुर साउँदले उम्मेदवारी दिएका छन् ।

यस्तै उप-सचिव महिला पदमा फुलाराको प्यानलबाट ईन्द्रा कुँवरले उम्मेदवारी दिएकी छन् भने सिंह प्यानलबाट कृष्णा चौधरीले उम्मेदवारी दिएकी छन् ।‌ उपसचिव खुल्ला पदमा फुलारा प्यानलबाट भिम बहादुर विकले उम्मेदवारी दिएका छन् भने सिंह प्यानलबाट जय बहादुर विकले उम्मेदवारी दिएका छन् ।

बाँकिले सदस्य पदका लागि उम्मेदवारी रहेको निर्वाचन कमिटिले सार्वजनिक गरेको उम्मेदवारी नामावली तालिकामा उल्लेख छ । लेखा समितिको उपाध्यक्षमा सविता भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । उपाध्यक्ष पदमा अरुको उम्मेदवारी नपर्दा उनि निर्विरोध निर्वाचित भएकी हुन् ।

१२ वडा रहेको गोदावरीबाट ३०७ जना प्रतिनिधि छनोट भएका छन् । निर्वाचन तालिका अनुसार आज दिउँसो ३ बजेदेखि ६:३० बजे सम्म मतदानको समय तोकिएको थियो तर ढिला उम्मेदवारको नामावली सार्वजनिक गरिएकाले अहिले उम्मेदवार बिरुद्ध विरोध दाविको लागि समय दिईएको छ ।

उम्मेदवारहरु अहिले मतदाताहरु संग भोट माग्नमा व्यस्त रहेका छन्। मंगलबारबाट शुरु भएको अधिवेशनको बुधबार बन्द सत्र सम्पन्न भएको थियो । आज बेलुका सम्म निर्वाचन हुने बताईएको छ ।

Nabadurga Sunchadi
Loading...