धनगढी : सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ ।
माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।
कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताए । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान विभागले जनाएकाे छ ।
गर्मी अत्यधिक बढेपछि कैलालीको जनजीवन कष्टकर बनेको छ। केही दिनयता तातो हावा चल्न थालेको छ।
