अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगरकमिटीको अध्यक्षमा सन्तोष सिंह विजयी भएका छन् । १ सय ६२ मत ल्याएर सिंह बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी हरि फुलाराले १ सय ४० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सिंह प्यानलकै कृत बहादुर चन्दले १ सय ४९ मत ल्याएर निर्बाचित भएका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार अमर राज पाठकले १ सय ३४ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा फुलारा प्यानलका बिक्रम बिष्ट १ सय ५५ मत ल्याएर निर्बाचित भएका छन् भने सचिवका अर्का उम्मेदवार भिम बहादुर साउँदले १ सय ३५ मत प्राप्त गरेका छन् ।
यस्तै उपसचिवमा कृष्णा चौधरी र जय बहादुर बिक निर्बाचित भएका छन् । ३ सय ७ जना प्रतिनिधी रहेकामा निर्बाचनमा ३ सय ५ मत खसेको थियो । बिहीबार मतदान भएको थियो भने राति मतगणना गरिएको थियो ।
