कैलालीका मिनराज नेपालगञ्जको एक होटेलमा मृत फेला

अत्तरिया : नेपालगञ्जको एक होटेलमा कैलालीका मिनराज गिरी मृत फेला परेका छन् ।

प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका-१ का ५७ वर्षीय मिनराज गिरी मृत फेला परेका हुन् ।

उनी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ स्थित पञ्चकन्या होटेलमा मृत अवस्थामा पाइएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...