कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

कञ्चनपुर : कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बेदकोट नगरपालिका-६ कोल्डस्टोरचोक नजिक सोहीठाउँ बस्ने ५२ वर्षीय उत्तम मल्ल मृत फेला परेका हुन । मल्ल बिगत डेढबर्षदेखी आफ्नै भान्जाले सञ्चालन गरेको पुरानो छोडी सकेको होटेलमा कुरुवा बस्दै आएका थिए ।

उनि होटेलको बरण्डामा मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको छ ।

Nabadurga Sunchadi
Loading...