अत्तरिया : अत्याधिक गर्मी बढेपछि कैलालीको अत्तरिया बजारमा सर्वसाधारणलाई निःशुल्क शुद्ध पिउने पानि तथा जुस वितरण गरिएको छ ।
वर्डलिंक अत्तरिया शाखाले गर्मि बढेसंगै बजारमा हिँडडुल गर्ने सर्वसाधारणहरुलाई पानि तथा जुस वितरण गरेको शाखा प्रमुख मुकेश कुमार चौधरीले बताए । उनले अत्याधिक गर्मिको समयमा बजारमा सहज रुपमा पानी नपाउने भएकाले निःशुल्क पानी वितरण गरिएको बताए ।
आज (शनिबार) बाट शुरु गरिएको अभियान करिब एक हप्ता सम्म सञ्चालन गरिने फाईनान्स रोशन खडकाले बताए । उनले पछिल्लो समयमा कैलालीमा गर्मि धेरै बढेकाले बजारमा आउने सर्वसाधारणलाई पानि तथा जुस वितरण कार्य निरन्तर रहने बताएका छन् ।
अत्तरिया क्षेत्रमा वर्डलिंकका हाल सम्म ३ हजार ग्राहक रहेका मार्केटिङ प्रमुख चुडामणि जोशीले बताए । हाल देशैभर ९ लाख ग्राहकहरु रहेको र अहिले वर्डलिंक बजारको नम्बर एक इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी) हो ।
कम्पनीका अनुसार नेपालमा अहिले वर्डलिंकमा ग्राहकको बढी रुचि छ । वर्डलिंक सेवाका ग्राहक पनि बढ्दै गएका छन भने कम्पनीले सेवाको गुणस्तर सकेसम्म अझै बढाउने पक्षमा रहेको बताईएको छ ।
