कैलालीको अत्तरियामा जातीय छुवाछुत उन्मूलन दिवस मनाइयो

अत्तरिया : कैलालीको अत्तरियामा जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ । आज (सोमबार) दलित विकास सेवा केन्द्र लगायतका संस्थाहरुको आयोजनामा दिवस मनाइएको हो ।

दिवसको अवसरमा सहभागिहरुले विहान अत्तरिया बजारमा र्यालीमा निकालेका थिए । र्यालीमा सहभागिले दलित एकता जिन्दावाद, दलित समुदायको राजनैतिक अधिकार सुनिश्चित गर, जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कारवाही गर, राज्य सत्तामा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर लगायतका नारा लगाएका थिए ।

अत्तरियाको दुर्गा मन्दिरबाट सुरु भएको र्याली अत्तरिया बजार परिक्रमा गरेर पतञ्जली योग हलमा पुगेर समापन गरिएको थियो । दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष गणेश विक रहेका थिए ।

सरकारले नेपाललाई आजकै दिन २०६३ जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसैको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।

Nabadurga Sunchadi
Loading...