कैलालीमा हावाहुरीले रुख ढल्दा एक बृद्धको मृत्यु

अत्तरिया : कैलालीको लम्कीमा हावाहुरीले रुख ढल्दा एक जेष्ठ नागरिकको मृत्यु भएको छ ।

सोमबार साँझ टिकापुर नगरपालिका- १ बिशालनगरका अन्दाजी ६०\७० वर्षीय श्रीदल पुरीको हावाहुरीले रुख ढल्दा मृत्यु भएको हो ।

आफ्नै टिनले छाएको कच्ची घरमा सुतिरहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...