डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

अत्तरिया : डोटीमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दार्चुलाबाट कैलालीको धनगढीका लागि हिजो (मंगलबार) छुटेको सुप प्रदेश ०१००१ ज १४८९ नम्बरको जिप आज बिहान जोरायल गाउँपालिका १ बुडरनजिकै फडिनामा दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

परिचय नखुलेका एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने दार्चुलाको लेकम गाउँपालिका-६ बस्ने २\३ बर्षकी रितिका पार्कीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

चालकसहित ७ जना घाइते भएका छन् । जिपमा ९ जना सवार रहेका प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा बैतडीको डिलाशैनी गाउँपालिका-५ का १९ वर्षीय चालक बाशुदेब नाथ, दार्चुलाको लेकम गाउँपालिका-६ का ४५ वर्षीय जगत धामी, लेकमकै-४ का ३१ वर्षीय हरिश पार्की, निजकी श्रीमती २६ वर्षीया भावना ओड पार्की रहेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिका-६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी-६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका-४ की ६० वर्षीया मानमति धामी घाइते भएका छन् ।

घाइतहरुको अवस्था सामान्य रहेको बताइएको छ । जिप दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...