बागगोठकी एक किशोरी करेन्ट लागेर घाइते

अत्तरिया : बैतडीमा करेन्ट लगेर एक किशोरी घाइते भएकी छन्।

जिल्लाको मेलौली नगरपालिका–३ बागगोठका करन बागकी १७ वर्षीया छोरी कमला बाग मंगलबार करेन्ट लागेर घाइते भएकी हुन्।

दिउँसो साढे २ बजेको समयमा वडाकै बागगोठ जंगलमा बाख्रा चराउन गएका बेला चुंडिएर लत्रिएको बिजुलीको तार छुँदा ती किशोरी करेन्ट लागेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्।

घाइते किशोरीको नाक, मुख, हात र खुट्टा जलेको छ। किशोरीको केशपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ।

Deep Jyoti Pustak psl
Loading...