नेपाल एसियाली खेलकुद अन्तर्गत पब्जीमा सेमिफाइनलमै रोकियो

काठमाण्डौ : नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।

आज (शनिबार) बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन । नेपालले समूहमा जापानलाई पछि पारेको छ ।

यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् । नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो ।

जापानले ५४ मिनेट ४२ सेकेन्ड समय लगायो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेईले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो ।

पहिलो राउण्डमा तेस्रो भएको नेपाल दोस्रो राउण्डमा अन्तिम रहेको थियो । तर त्यसपछि दुवै राउण्ड नेपालले तेस्रो स्थानमा रहेर पूरा गर्यो ।

Loading...