अत्तरिया : कैलालीको गोदावरीबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन ।
गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने योगेश भट्ट समेत ४ जनालाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
शनिबार पक्राउ परेका उनीहरुको साथबाट २ सय १० मिलिग्राम लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
