धनगढी विमानस्थलमा ढलेर गोदावरीका बोहराको मृत्युु

अत्तरिया : धनगढी विमानस्थलमा ढलेर गोदावरीका एक जनाकाे मृत्युु भएकाे छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बाेडिङ पास गर्ने क्रममा ढलेर गाेदावरी नगरपालिका-२ बस्ने ५० वर्षीय शेरबहादुर बाेहाेराकाे ढलेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले ढलेर बेहाेस् भएका बाेहाेरालाई तत्काल माया मेट्राे अस्पताल पुगाइएकाे तर चिकित्सकले मृत घाेषणा गरेकाे बताए ।

उनकाे हदयघातका कारण मृत्युु भएकाे आशंका गरिएको छ । बाेहाेराकाे सेती प्रादेशिक अस्पतालमा शव परीक्षण पछि आज (आईतबार) आफन्तको जिम्मा लगाईएको छ भने उनको आजै गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिएको आफन्तले बताएका छन् ।

Deep Jyoti Pustak psl
Loading...