अत्तरियाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

अत्तरिया : कैलालीको अत्तरियामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशै,तिहार तथा छठ पर्वलाई मध्यनजर गरेर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यात्रुहरुको सुरक्षित तथा सहज यात्राको लागि ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरज बहादुर खड्काको उपस्थितिमा मंगलबार यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

यात्रु सहायता कक्षबाट यात्रुहरुको गुनासो सम्बोधन तथा सहजताका लागि सहजिकरण गरिने जनाइएको छ । यात्रु सहायता कक्ष स्थापनाका क्रममा सरोकारवाला निकायहरु यातायात ब्यवसायीहरु, चालक, परिचालकहरु सँग चाड पर्व लक्षित अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...