अछाम र बैतडीमा दुई सुत्केरीको मृत्यु

अत्तरिया : अछाम र बैतडीमा दुई सुत्केरीको मृत्यु भएको छ । अछामको ढकारी गाउँपालिका-६ की २९ वर्षीया सरिता देवि जैशीको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार व्यथा लागेर स्वास्थ्य चौकी लैजाने क्रममा उनले बाटोमै बच्चा पाएकी थिइन्। त्यसपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याईएकी उनको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो ।

उनको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिका-१ शेरीकी १८ वर्षीया मनिषा घटालको मंगलबार साँझ मृत्यु भएको छ । घरमै सुत्केरी भएकी घटालले सोमबार मृत बच्चालाई जन्म दिएकी थिइन् ।

उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले बताएका छन् । रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ ।

वर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध भएकाले स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले बताएका छन् । गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ ।

मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएको छ ।

Deep Jyoti Pustak psl
Loading...