धनगढीमा अकोराव सुदूरपश्चिम प्रदेश समितीको पहिलो बैठक सम्पन्न 

समितीले गर्यो महत्वपूर्ण निर्णयहरू

धनगढी : कैलालीको धनगढीमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) सुदूरपश्चिम प्रदेश समितीले महत्वपूर्ण निर्णयहरू गर्दै पहिलो बैठक सम्पन्न गरेको छ । अकोरावको आठौं अधिवेशन बाट निर्वाचित सुदूरपश्चिम प्रदेश समितीले आईतबार प्रदेशका अध्यक्ष बेदप्रकाश तिमिल्सैनाको अध्यक्षतामा महत्वपूर्ण निर्णयहरू गर्दै पहिलो बैठक सम्पन्न गरेको हो ।

बैठकले निवर्तमान प्रदेश समितीलाई धन्यवाद ज्ञापन गर्दै संगठनका पूर्व नेता र अनुभवी व्यक्तित्वहरूलाई सल्लाहकारका रूपमा चयन गरेको छ ।

सल्लाहकारमा पूर्व केन्द्रीय उपाध्यक्ष मिनबहादुर सिंह, पूर्व महासचिव खेम भण्डारी, पूर्व प्रदेश संयोजक दिर्घराज उपाध्याय, निवर्तमान प्रदेश अध्यक्ष जगत खड्का, निवर्तमान केन्द्रीय सदस्य केशबराज भट्ट, सामुदायिक रेडियो अभियानका पुराना हस्ती विनोद कुमार थापा र एकिन्द्र तिमिल्सैना लाइ चयन गरेको छ ।

यस्तै  रेडियो पश्चिम आवाज लम्की कैलालीका  युवराज न्यौपानेलाई समितीको सदस्य र रेडियो रामारोशन ठुलासैन अछामका कृष्ण बहादुर बुढालाई लेखासमिति सदस्यको रूपमा मनोनीत गर्ने निर्णय गरिएको छ । समितीले प्रदेशको मुख्यालय धनगढीमा कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ । जसले संगठनको क्रियाकलापलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

यस्तै आजै समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गएर मन्त्री हिरा सार्की संग भेटघाट गरेर सुदुरपश्चिमका सामुदायिक रेडियोको अहिलेको अवस्थाका बारेमा जानकारी गराएको छ । त्यस्तै समितिले आजै सामाजिक विकास मन्त्री मेघराज खड्का संग पनि भेटघाट गरेको थियो । सुदुरपश्चिमका सामुदायिक रेडियोलाई अगाडि बढाउनका लागि सक्दो सहयोग गर्ने मन्त्रीद्वयले आश्वासन दिएका छन् ।

Deep Jyoti Pustak psl
Loading...