बाजुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

अत्तरिया : बाजुरामा ट्याक्टर दुर्घटना भएको छ।

सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्ग अन्तर्गत जिल्लाको बडीमालिका नगरपालिका–६ मा पर्ने जडाङ्गा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Godawari_Badhi

बडीमालिका नगरपालिका–६ कोर्धका अन्दाजी ३५ वर्षीय बहादुर दानीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानी आफैले चलाएको सुदुरपश्चिम प्रदेश को ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।

ट्याक्टर सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं बोहराले बताए।

Dhn Upamahanagarpalika_Badhi
Loading...