गोदावरी-७ लालपुरमा शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-७ को लालपुर शान्तिटोलमा दशैंको अबसरमा शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आशिर्वाद डान्स म्यूजिक क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष नरेश बहादुर दमाईको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा वडा नम्बर ७ की वडा अध्यक्ष कलावती साउद लगायत स्थानिय जनप्रतिनिधि, राष्ट्रिय तथा स्थानिय कलाकार, बुद्दीजिबी, समाजसेवी लगायत स्थानिहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले संस्कृती सँगै संस्कारको जोगेर्ना गर्दा आफ्ना सन्तती देखि अन्य समाजमा जनचेतना मूलक प्रभाव पर्ने बताएका छन । समय समयमा यस्ता संस्कृती उजागर हुने खालका कार्यक्रमहरु गाउँठाउँमा हुनु पर्ने बताउदै संस्कृति जगेनाका लागि स्थानिय सरकार सहयोग गर्न तयार रहेको समेत उनले बताएका छन् । नगरप्रमुख भट्टले कार्यक्रमा दशैं तिहार र छठ पर्बको शुभकामना समेत ब्यक्त गरेका छन ।

बृहत सांस्कृतिक कार्यक्रममा लोक देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो), देउडा गायक सुरेश चोखाल, कमेडियन निशान परियार र अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

Nabadurga Sunchadi
Loading...