अत्तरियाबाट ५४५ ग्राम चरेससहित ५९ वर्षीय कारोबारी पक्राउ

धनगढी : कैलालीको अत्तरियाबाट ५४५ ग्राम चरेससहित ५९ वर्षीय कारोबारी पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-१ भरतपुरका ५९ वर्षीय सहदेव भण्डारी चरेससहित पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय, मालाखेतीले चरेसको कारोबार हुने गरेको सूचनापछि भण्डारीलाई पक्राउ गरेको हो । प्रहरीले सोमवार साँझ साढे ६ बजे भण्डारीलाई चरेससहित पक्राउ गरेको हो ।

उनले घरको पूर्व तिरको कोठामा बाकस भित्र चरेस लुकाएका थिए। उनको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

Nabadurga Sunchadi
Loading...