सुदूरपश्चिमबाट ईप्रका मालाखेतीका डीएसपी थापा उत्कृष्ट प्रहरी घोषित

अत्तरिया : सुदूरपश्चिम प्रदेशबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापा उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । कैलालीको अत्तरिया स्थित ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डीएसपी थापा उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका हुन्।

६९औँ प्रहरी दिवसको अवसरमा आज (बुधबार) उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका छन् । प्रदेशभरिबाट उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका उनलाई सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहका बिच सम्मान गरेका छन् ।

कुशल कमान्ड क्षमता भएका डिएसपी थापाले ईप्रका मालाखेती अत्तरियामा कमान्ड सम्हालेपछि अपराध अनुसन्धान, लागू औषध र होटेलमा हुने अनैतिक क्रियाकलापमा निरन्तर निगरानी बढाईरहेका छन् । गोदावरी क्षेत्रबाट दिनहुँ प्रहरीले लागू औषध कारोबारीलाई पक्राउ गरिरहेको छ ।

सोही कार्यक्रममा  डिएसपी थापासँगै १० जना अन्य प्रहरी कर्मचारी पनि उत्कृष्ट घोषित भएका छन् ।

Nabadurga Sunchadi
Loading...