कैलालीमा सामुदायिक वन अतिक्रमण गरी लगाइएको धान काटियो

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका-३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली काटिएको छ।

अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनले काटेको वनका अध्यक्ष हरिराम डगौराले बताए । सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी धान बाली लगाइएको थियो ।

अतिक्रमण नगर्न पटकपटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको उनले बताए । अध्यक्ष डगौराका अनुसार उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ ।

धान बाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो । सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दैआएको थियो । सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।

Nabadurga Sunchadi
Loading...