रानाथारु समाजको अध्यक्षमा कमल राना निर्वाचित

धनगढी : नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित भएका छन् । धनगढीमा भएको सातौं महाधिवेशनबाट राना निर्वााचित भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना, भजना राना निर्वाचित भएका छन् । कोषाध्यक्षमा चन्द्रकिरण राना र सदस्यहरुमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमित राना, लालमणि राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित भएका छन् ।

कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास रहेको छ । महाधिवेशनमा सर्वसम्मतका साथ नयाँ कार्यसमिति चयनको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।

Nabadurga Sunchadi
Loading...