रास्वपाले निकाल्यो अत्तरियादेखि धनगढीसम्म मोटरसाइकल र्‍याली

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलालीको अत्तरियादेखि धनगढीसम्म मोटरसाइकल र्‍याली निकालेको छ । रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि विरोध जनाउँदै रास्वपाले अत्तरिया देखि धनगढी सम्म मोटरसाइकल र्‍याली निकालेको हो ।

धनगढीको क्याम्पस चोकदेखि चौराहसम्म पनि र्‍याली निकालिएको छ । र्‍यालीमा सहभागीहरूले सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् ।

राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि मोटरसाइकल र्‍याली निकालिएको रास्वपा गोदावरीका नगर सभापती दिपक ओझाले बताए ।

अत्तरियाबाट निकालिएको र्‍याली धनगढी चोकमा पुगेर समापन भएको थियो । शुक्रवार सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछाने पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अहिले देश भरी विरोधका कार्यक्रम भइरहेका छन् ।

Loading...