अत्तरिया : कैलालीको अत्तरियाबाट खैरोहिरोइन सहित एक युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ स्थित अत्तरियाबाट खैरोहिरोइनसहित एक युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय लोकेन्द्र बोगटी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट ६० मिलिग्राम खैरोहिरोइन बरामद गरिएको छ ।
बोगटीलाई विशोष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
