विराज र समिर बिहिवार धनगढी आउने

धनगढी : १२ गाउँ फिल्मका निर्देशन तथा नायक विराज भट्ट र उनका छोरा तथा नायक समीर भट्ट धनगढी एसटिएस सिनेमा हलमा आउने भएका छन् ।

१२ गाउं फिल्ममार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका विराज भटृ र उनका छोरा समिर भटृ बिहिवार कार्तिक ८ गते धनगढी आउने भएका हुन ।

१२ गाउँ फिल्म रिलिजको दोस्रो हप्ता आफू र टिमलाई माया गर्ने दर्शकलाई भेट्न धनगढी आउन लागेको भट्टले बताएका छन ।

सामाजिक संजाल फेसबुकमा उनले आफनो जन्मथलो धनगढीका दर्शकलाई १२ गाउँ फिल्मलाई माया र सर्पोट गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

Nabadurga Sunchadi
Loading...