गोदावरी-१ मा बडेहाँ बिजौरा खानेपानि आयोजनाको भोली उद्घाटन

सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि सुरेन्द्र बहादुर पालले उद्घाटन गर्ने कार्यक्रम तय

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा निर्माण कार्य सम्पन्न बडेहाँ बिजौरा खानेपानि आयोजनाको उद्घाटन हुदैछ । २०७५ सालबाट निर्माण शुरु भएको आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै भोली बिहीबार उद्घाटन गर्न लागिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयको करिब १२ करोड २९ लाख लागतमा खानेपानि आयोजना निर्माण भएको बडेहाँ बिजौरा खानेपानि उपभोक्ता तथा सरसफाई समितिका सचिव मान बहादुर बलायरले बताए । उनले निर्माण सम्पन्न भएसंगै ८ गते बिहीबार खानेपानि आयोजनाको भव्य कार्यक्रमका बिच उद्घाटन संगै प्रथम साधारणसभा पनि गर्न लागिएको बताएका छन् । सचिव बलायरका अनुसार सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि सुरेन्द्र बहादुर पालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

खानेपानि आयोजना निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै समितीका अध्यक्ष बलबहादुर चौधरीले उद्घाटन कार्यक्रम सभ्यभव्यका साथ मनाईने बताएका छन् । उनले खानेपानि आयोजना निर्माणका लागि भागेश्वर स्कुलले २ कट्टा जमिन उपलब्ध गराएको बताउदै निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई उद्घाटन कार्यक्रममा सम्मान गरिने बताएका छन् ।

खानेपानिको ४२ किलोमिटर पाईपलाईन विस्तार गरिएको छ भने ६ सय ५ जना उपभोक्ता रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानि र जिल्ला खानेपानि डिभिजन कार्यालय अन्तर्गत उक्त खानेपानि निर्माण भएको समितिका सचिव बलायरले बताएका छन् ।

खानेपानीबाट गोदावरीको वडा नम्बर १, ५ र ६ का बडेहा, भुँयारा, नहरटोल, कुटीकटान, बिजौरा, चैतन्यपुर, सालघाडी र गेटाका करिब २५ सय घरधुरी लाभान्वित हुने छन् । बिगतका दिनमा खोला नालाको दुषित पानि र नल्काको पानि पिउन बाध्यता रहेका स्थानियहरु बडेहाँ बिजौरा शुद्ध खानेपानि निर्माण भएर घरघरमा धारा जोडिने भएपछि निकै हर्षित भएका छन् ।

Nabadurga Sunchadi
Loading...