अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ ले स्याउले बजार व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरीले स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवालाई डस्टबिन हस्तान्तरण गरेका हुन् ।
वडाले समितिलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको हो । स्याउले बजारमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले .डस्टबिन हस्तान्तरण गरिएको वडा अध्यक्ष चौधरीले बताए । गत आर्थिक वषकै बजेटबाट डस्टबिन खरिद गरेको भएपनि वल्डीङ लगायतको काम गर्नुपर्ने भएको हुँदा वितरणमा केहि ढिलाइ भएको उनले बताए । गत आर्थिक वर्षमा वडाले समितिलाई २ लाख रुपियाँ छुट्याएकोमा १ लाख बराबरमा गेट रङरोगनको कार्य गरिएको र १ लाख बराबरका डस्टबिन खरिद गरिएको वडाध्यक्ष चौधरीले बताएका छन् ।
स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष देउवाले डस्टबिन नहुँदा बजारमा यत्रतत्र फोहोर छरिएकोमा अब सहज हुने बताएका छन् । डस्टबिन बजार क्षेत्रका व्यवसायीलाई वितरण गरिने उनले बताए ।
त्यस्तै वडा कार्यालयको आर्थिक सहयोगमा स्याउले बजारको मुख्य गेटमा पनि रङरोगनको काम गरिएको छ । गेटमा रङरोगनका साथै विभिन्न कला संस्कृति झल्किने चित्र पनि कोरिएका छन् ।
डस्टविन हस्तान्त्रण कार्यक्रममा वडाध्यक्ष गोबिन्द चौधरी, अत्तरिया उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दल बहादुर खड्का, युवा नेता लोकराज पाण्डेय आगो लगायत स्थानिय व्यपारीहरुको उपस्थिती रहेको थियो ।
