अत्तरिया : कैलालीको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ ।
शनिबार नेपाल तरुण दलको ७२औं स्थापना दिवसको अवसरमा आर्यघाट सफाइ गरिएको तरुण दलका गोदावरी नगरसभापति रमेश भट्टराईले जानकारी दिए । उनले निधन भएका व्यक्तिका विभिन्न सामग्री, प्लाष्टिकजन्य वस्तु, औषधीजन्य लगायतका वस्तुहरु जथाभावी फालिएको अवस्थामा तरुण दलले सरसफाई गरेको बताए । उनले आर्यघाटको सरसफाईका लागि आगामी दिनमा पनि तरुण दल सक्रिय रहने बताए ।
नेपाल तरुण दलले आयोजना गरेको आर्यघाट सरसफाई कार्यक्रममा नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट, प्रदेश सांसद तथा पूर्व भौतिक विकास मंत्री प्रकाश देउवा, पूर्व राज्य मन्त्री टेक बहादुर रैका, गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, कैलाली क्षेत्र न. ४ का सभापति ललित रोकाया, जिल्ला कार्यसमिति सचिव निर्प सुनार लगायत नेपाल तरुण दलका जिल्ला तथा केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको थियो ।
गोदावरी आर्यघाट दुर्गन्धित बन्दै गएकाले सचेतना स्वरूप सफाइ गरिएको तरुण दलले जनाएको छ ।
