अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ को लालपुर,गौडी बजारमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दशैं तिहारको अवसर पारेर विगतका बर्षझै यस बर्ष पनि सोहि वडामा रहेको दिपशिखा युवा क्लबकोे आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वरिष्ठ समाजसेवी तथा शिक्षा विज्ञ गौरीलाल ओझाको सभापतित्वमा आयोजित सांस्कृतिक कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, वडा नम्बर ७ की वडा अध्यक्ष कलावती साउँद लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधी, समाजसेवी, बुद्धिजिबी, शिक्षाप्रेमी लगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।
लोकपप देउडा गायक चक्र बमले आफ्ना बिभिन्न चर्चित गितहरु गाएर सबैलाई रमाईलो गराएका थिए । हरेक बर्षको तिहारमा आयोजा गरिने रमाईलो सांस्कृतिक कार्यक्रममा सोही ठाउका गायक बमले तिहार तथा छठ पर्वको शुभकामना सँगै सांस्कृतिक मनोरञ्जन दिलाएका थिए । आफ्नै गाउँमा बुढा पाखा देखि युवा जमातको भरपुर साथ पाएका गायक बमले नाच्दै गाउदै रमाउनुका साथै अरुलाई पनि भरपुर मनोरञ्जन दिलाएका थिए ।
यस्तै कार्यक्रममा संस्कृती जोगेर्नाका लागि महिला समूहहरुले रनपुतला गित प्रस्तुत गरेकी थिईन् भने बिभिन्न डान्स क्लवहरुले नृत्य प्रस्तुत गरेका थिए ।
सोहि वडामा रहेको दिपशिखा युवा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रम बिगतका बर्ष झै यस पाली पनि तिहारको फुर्सदिलो समयमा गाउँबासी तथा युवापुस्ताहरुलाई मनोरञ्जन दिलाउन कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष दिर्घ साउदले बताए ।
कार्यक्रममा बिभिन्न बिधामा काम गरेका एवं समाज परिवर्तनमा लागेकालाई सम्मान पनि गरिएको अध्यक्ष साउदले बताएका छन् ।

