गोदावरी-९ बल्मीकी लक्ष्मी ५ छोराछोरी छोडेर सम्पर्कविहिन

धनगढी : कैलालीमा पाँच छोराछोरी छोडेर एक महिला सम्पर्कविहिन भएकी छन्।जिल्लाको गोदावरी नगरपालिका-९ बल्मीकी ४३ वर्षीया लक्ष्मी दमाई पाँच छोराछोरी छोडेर सम्पर्कविहिन भएकी हुन् ।

उनी भदौ १५ गतेदेखि परिवारको सम्पर्कमा छैनन् । घरमा तीन छोरा र २ छोरी छन। ८ वर्षीय छोरालाई समेत छोडेर लक्ष्मी सम्पर्कविहिन भएकी हुन् । लक्ष्मी सम्पर्कविहिन भएपछि घरमा छोराछोरीको विचल्ली भएको उनका श्रीमान भीम दमाईले बताए ।

उनले इलाका प्रहरी कार्यालय मालाखेतीमा श्रीमती सम्पर्कविहिन भएको भन्दै निवेदन समेत दर्ता गएका छन् । तर अहिलेसम्म कहिँकतै फेला नपरेको प्रहरीले जनाएको छ । लक्ष्मी सम्पर्कविहिन भएपछि माइती पक्ष पनि चिन्तित बनेका छन । लक्ष्मीलाई एक जना अपरिचित पुरुषले सधै भेट्न आउने गरेको लक्ष्मीकी बहिनीले बताएकी छन । स्थानीयका अनुसार लक्ष्मी र एक जना पुरुष अटो चढेर पुर्वतिर गएका थिए ।

घरबाट लक्ष्मीले १० हजार रुपैयाँ लिएर गएको उनको श्रीमान भीमले बताए । लक्ष्मीले घरबाट जाने बेला ८ वर्षीय छोरालाई माइत जान लागेको बताएकी थिइन । लक्ष्मीकी छोरी पुजा सोवितका अनुसार भारतबाट भाइले हरेक महिना १५ देखि २० हजार रुपैयाँ पठाउने गरेको थियो । तर त्यो पैसा बुवालाई समेत जानकारी नगराएर आफै खर्च गर्ने गरेको उनले बताइन । ‘मेरो पनि विवाह भइसकेको छ। भाई र वहिनीको पनि विवाह भइसकेको छ । यस्तो अवस्थामा मम्मी सम्पर्कविहिन हुँदा घरका सबै जना चिन्तित बनेका छन ।’

Deep Jyoti Pustak psl
Loading...