डोटीको गगुडामा पहिलो पटक बस सेवा सुरु

डोटीः डोटीको बोगटान फुड्सिल गाउँपालिका-६ गगुडामा पहिलो पटक बस सेवा सुरु भएपछि स्थानीय हर्षित भएका छन् ।

गगुडाबाट धनगढीसम्म बस सेवा सञ्चालन हुने छ । पहिले धनगढीबाट गगुडा आउँदा तथा यताबाट धनगढी जाँदा दुई ठाउँमा गाडी बदल्नु पर्ने बाध्यता थियो तथा जिपवालालाई चर्को भाडा तिर्न बाध्य थियौँ, अब भने सहज हुने स्थानीय टेकस्मृती चन्दले बताए ।

शैलेश्वरी यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०१०००६ को ३४९० नम्बरको बसले पहिलो पटक गगुडाबाट यात्रु लगेर सोमवार बिहान ७ बजे धनगढी प्रस्थान गरेको हो। सहजपुर, बोगटान, दीपायल सडक खण्डको दीपायलदेखि गगुडासम्म केही भाग पक्की तथा केही भाग डबल कटिङ गरिएसँगै बस सेवा सुरु भएको हो ।

Nabadurga Sunchadi
Loading...