अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

अछाम : अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

घाइते हुनेमा ढकारी गाउँपालिका-१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, उनका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन् । यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा रहेका छ्न् ।

प्रहरीले ट्याक्टरका चालक ढकारी गाउँपालिका-१ का २९ वर्षीय लोकबहादुर बुढालाई नियन्त्रणमा लिएको छ ।

Nabadurga Sunchadi
Loading...