बझाङमा अरिङ्गालको टोकाइबाट दुई बालबालिकाको मृत्यु

बझाङ : बझाङमा अरिङ्गालको टोकाइबाट दुई बालबालिकाको मृत्यु भएको छ ।

शनिबार बिहान अरिङ्गालको टोकाइबाट थलारा गाउँपालिका-२ डोरगाउका ३ बर्षिय सुरबिर खाती र ५ वर्षिया सिया खातिको मृत्यु भएको हो । अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिका प्रबक्ता रबिन्द्र खातीले बताएका छ्न ।

उनका अनुसार घाइते हुनेमा ७ वर्षिया सुमि खाती उनकी आमा डम्मरा खाती र बजै रहेकि छन । उनीहरुको रायल प्राथमिक स्वास्थ चौकीमा उपचार भैरहेको छ ।

मृतक र घाईत सवै एकै परिवरका सदस्य रहेका बताईएको छ ।

Nabadurga Sunchadi
Loading...