बैतडीमा बोकाले हानेर भिरबाट खसेकी एक महिलाको मृत्यु

Dhangadhi_Tihar 2083

बैतडी : बैतडीमा बोकाले हानेर एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका-३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार छिमेकीको बोकाले हान्दा भिरबाट लडेर मृत्यु भएको हो ।

खर काट्न गएकी पार्वतीलाई एक्कासी छिमेकीको बोका आएर हान्दा उनी स्थानीय दोसिर भीरबाट करिब ५ सय मिटर तल खसेकी थिइन् । उनको घट्नास्थलमै मृत्यु भएको आफन्त समेत रहेका स्थानीय केशवराज भट्टले बताए।

Loading...