डोटी : डोटीको बडिकेदार गाउँपालिका-२ मा एक महिला मृत अवस्थामा फेला परेकी छन । सहजपुर-बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।
बडिकेदार गाउँपालिका-२ का वडाध्यक्ष प्रेमबहादुर घर्तिमगरले ५५ वर्षीया भागादेवी भाटको शव सडकबाट करिब एक सय मिटर तल जमिनमा घोप्टो परेको अवस्थामा भेटिएको बताए ।
उनी आइतवार (भाइटीकाको दिन) आफ्नो घरबाट माइती जाने क्रममा रहेको जनाइएको छ । उनी लामो समयदेखि उच्च रक्तचापले पीडित थिइन् । शरीरमा घाउ चोट पटक नदेखिएको र शव पोष्टमाटमका लागि धनगढी पठाइएको घर्तिमगरले बताए ।
