बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ ।
दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा आज पशु बलि सहित भव्य जात्रा लागेको हो ।
हिजो महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलि सहित जात्रा सम्पन्न हने गर्दछ ।
नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहितको समापन हुने मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए ।
महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ । महासप्तमीमा श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र आज बलिदिने चलन रही आएको छ ।
मन्दिरमा आजै बिहानै देखि दशर्नार्थीहरुको भिड लागेको पूजारी भट्टले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन सैयौं राँगाको बलि हुँदै आएको छ ।
