सुदूरपश्चिमा ३९७ जुवाडे पक्राउ, २९ लाख नगद बरामद

धनगढी : सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ परेका छन् । कार्तिक १ गतेदेखि २० गतेसम्म सो संख्यामा जुवाडेहरु पक्राउ परेका हुन् ।

सबैभन्दा बढी कैलालीबाट एक सय ८४ जना जुवाडे पक्राउ परेका छन् । त्यसपछि कञ्चनपुरबाट एक सय ५९ जना जुवाडे पक्राउ परेका छन् । अछामबाट ९, डडेल्धुराबाट २८, डोटीबाट १२ र बझाङबाट पाँच जना जुवाडे पक्राउ परेका छन् ।

कैलालीबाट पक्राउ परेका जुवाडेबाट प्रहरीले ११ लाख ९ हजार ८ सय ८ र कञ्चनपुरबाट पक्राउ परेका जुवाडेबाट ११ लाख ९० हजार चार सय ५२ रुपैयाँ बरामद गरिएको छ ।

यस्तै अछामबाट पक्राउ परेका जुवाडेबाट ८६ हजार ८५ रुपैयाँ, डडेल्धुराबाट पक्राउ परेका जुवाडेबाट चार लाख ४१ हजार ८ सय ६९ रुपैयाँ, डोटीबाट पक्राउ परेका जुवाडेबाट १२ हजार ८ सय १० र बझाङबाट पक्राउ परेका जुवाडेबाट ६६ हजार एक सय ३० रुपैयाँ गरेर प्रहरीले २९ लाख ७ हजार २ सय ५४ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार दशै-तिहार लक्षित सुरक्षा योजना लागु भएको अवस्थामा सो संख्यामा जुवाडे र नगद बरामद गरिएको हो । जुवाखालबाटै पक्राउ परेकाहरुलाई प्रचलित कानून बमोजिम कारवाहीसमेत गरिएको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...