अत्तरिया : कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका-२ बनखेत बस्ने ५५ वर्षीया धर्मादेवी मडैको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घरमा धारामा नुहाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
