चौरपाटीमा देउसी-भैलोबाट साढे तीन लाख संकलन, विद्यालयलाई सहयोग गरिने

अछाम : अछाममा देउसी भैलो खेलेर साढे ३ लाख रुपैया संकलन गरिएको छ । जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित परिवर्तनशिल युवा क्लबले देउसी-भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको हो ।

मटेना टोलमा गठित उक्त क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रुपमा खेलेको देउसी-भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन भएको बताईएको छ । लक्ष्मी पूजाको दिनदेखि संयुक्त रुपमा सुरु भएको देउसी-भैलो बाट उक्त रकम संकलन भएको क्लबले जनाएको छ । करिब पाँच दिनसम्म खेलिएको देउसी-भैलोबाट सो रुपैयाँ संकलन गरिएको हो ।

देउसी भैलो बाट उठेको उक्त रकमले विद्यालयका दुई जना शिक्षकलाई तलब लगायतका अन्य सेवा सुविधा दिईने आयोजकले जनाएको छ । क्लबले विभिन्न किसीमका कार्यक्रमहरु गरी विद्यालयलाई प्रत्यक्ष रुपमा आर्थिक लाभ हुने कार्य गरिरहेको क्लबका अध्यक्ष देव बहादुर साउँदले जानकारी दिए ।

उनले क्लबको सहयोगबाट विद्यालयमा निजि श्रोतबाट दुई जना शिक्षक राखिएको बताए । क्लबले समाजका असहाय दुःखी र पीडितहरूलाई आर्थिक सहयोग लगायतका अन्य सामाजिक कार्य पनि गर्दै आएको उनको भनाई छ ।

Nabadurga Sunchadi
Loading...