गोदावरीमा भरुवा बन्दुक र विष्फोटक पदार्थसहित एक जना पक्राउ

अत्तरिया : गोदावरीमा भरुवा बन्दुक र विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन् । मंगलबार कैलालीको गोदावरी नगरपालिका-४ बस्ने ६५ वर्षका लालबहादुर बुढामगर दुई थान एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको टोलीले चैतरा सामुदायिक वनमा लुकाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक दुई थान, सुरा जस्तो देखिने पदार्थ ११५ ग्राम, गन्धक जस्तो देखिने पदार्थ २० ग्राम, बारुद जस्तो देखिने पदार्थ १५५ ग्राम, सिसाको टुक्रा ४ थान, फलामको सरिया काटेर गोली बनाएको टुक्रा ४ थान र केपको रुपमा प्रयोग हुने खैरो कागज टुक्रा ४ थान फेला पारेको जनाएको छ ।

बन्दुकसहित उक्त पदार्थहरु बरामद गरी लालबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...