अत्तरिया : चर्चित लोक दोहोरी गायिका पूर्णकला बिसी र प्रकाश जेठाराको स्वरमा ‘रैबार लैजा ईन्द्रा’ बोलको गीत रमेश बिजुली बिसी (डाइरेक्टर) को युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
रमेश बिजुली बिसीको निर्देशनमा रहेको उक्त देउडा गीतमा निर्देशक रमेश बिजुली बिसी र झरना बोहराको अभिनय गरेका छन् । सुदूरपश्चिमको मौलिक पन झल्कने देउडा गीतको प्रेम मल्लको उत्कृष्ट शब्द रहेको छ भने उक्त गीतको सङ्गीत सृजना प्रकाश जेठाराले गरेका हुन् ।

पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटक र फेसबुकको रिलहरू उल्लेख्य सहभागिता रहेको रैबार लैजा ईन्द्राको गीत राम्रो नै बनेको निर्देशक रमेश बिजुली बताउँछन् । यस पटक पनि उनीहरूले माया प्रेमका कथा बेथालाई देउडा गीत मार्फत देखाउन खोजेका छन् ।
यस गीतको म्युजिक भिडियो पर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी कैलालीको गोदावरी, अत्तरियामा छायाङ्कन गरिएको हो । उक्त गाउँ परिवेशलाई भिडियोमा कैद गरी छायाङ्कन गरिएको छ ।
हेर्नुहोस भिडियो