काठमाडौं : विश्वको महाशक्ति राष्ट्र अमेरिकाको ४७औं राष्ट्रपति चयनका लागि मतगणना जारी छ ।
जारी मतगणनाको नतिजाअनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि देखिएका छन् ।
एपीका अनुसार डोनाल्ड ट्रम्पले १९८ इलेक्ट्रोरल भोट जितेका छन् । त्यस्तै कमला ह्यारिसले १०९ इलेक्टोरल भोट जितेकी छन् ।
५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये दुवै उम्मेदवारलाई जित हासिल गर्न २ सय ७० मत आवश्यक पर्छ ।
यस पटकको चुनावमा मतदाताहरुले अमेरिकी लोकतन्त्र र अर्थतन्त्रलाई विशेष प्राथमिकता दिएका छन् । अन्य मुलुकजस्तै अमेरिकामा एक्जिट पोलले निर्वाचनको भविष्यवाणी गर्दैन तर मतदाताको रोजाई कस्तो छ भन्ने विषयलाई झल्काउने गर्दछ ।
