गोदावरीमा ट्याक्टरको ठक्करबाट बालक घाइते

अत्तरिया : कैलालीको गोदावरीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् ।

गोदावरी नगरपालिका-३ चुट्की बजारमा पुर्वबाट पश्चिमतर्फ गइरहेको से २ त १५२४ नम्बरको ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका हुन ।

घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई वर्षीय रिथीस राना रहेका रहेको प्रहरीले जनाएको छ । घाइते बालकको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर चालक गोदावरी-१२ का नरेस साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nabadurga Sunchadi
Loading...